spot_img

कार्यकर्ताद्वारा तोडफोड पछी कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको निर्देशन

spot_img
spot_img

काठमाडौं —समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ।

पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको व्यवहारको विषयलाई लिएर एभिन्युज टेलिभिजनको कार्यलयमा तोडफोड भएपछि विज्ञप्ति प्रकाशित गरी निर्देशन गरिएको हो।

टेलिभिजनको विरगन्जस्थित कार्यालयमा सोमबार तोडफोड भएको छ  । केन्द्रीय उपमहासचिव प्रकाश अधिकारीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी एवं आमकार्यकर्तालाई निर्देश गरेका छन्।

अन्तर्वार्ताका क्रममा सञ्चारकर्मीको अभद्र र पूर्वाग्रही प्रस्तुतिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। पत्रकारिता जगतलाई सम्मानित र मर्यादित बनाउन सञ्चारगृह, सञ्चारकर्मी र प्रेस काउन्सिल सहित नियमन गर्ने सम्पूर्ण निकायलाई अपिल समेत गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय