Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

बीरगंजमा एकै दिन बिषादी सेवन गर्दा ३ महिला सहित ४ बिरामी

spot_img

बीरगंज, ३१ बैशाख — बीरगंजमा एकै दिन नाम नखुलेको बिषादी सेवन गर्दा ३ जना महिला सहित १ पुरुष बिरामी परेका छन् ।

बीरगंज महानगरपालिका वडा न. २५ सिर्सिया निवासि बलिराम महराकी श्रीमति २५ बर्षिय फुलकान्ती देबी महराले घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेवन गर्दा बिरामी भएको प्रहरीले जनाएको छ । निजको उपचार बीरगंजको नारायणी अस्पतालमा सम्भव नभएपछि एडभान्समा रिफर गरिएको छ ।

यसैबिच बीरगज महानगरपालिका वडा न. ३१ सोलखपुर निवासि मुकेश चौधरीकी १९ बर्षिय श्रीमती अंजली कुमारी पनि बिष सेवनकै कारण बिरामी हुँदा उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै बीरगंजको छप्कैया बस्ने २४ बर्षिय प्रिती साहीले पनि बिषादी सेवन गरेपछि निजको उपचार तराइ हस्पिटलमा भइरहेको छ ।

साथै पर्साको कालिकामाइ गाउपालिका वडा न. १ बस्ने २५ बर्षिय हिकेश पासवानले पनि घराईसी समस्याको कारण नाम नखुलेको बिषादी सेवन गर्दा बिरामी भएका हुन् । पासवानको नारायणी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय