Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

बीरगंजमा एकै दिन बिषादी सेवन गर्दा ३ महिला सहित ४ बिरामी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — बीरगंजमा एकै दिन नाम नखुलेको बिषादी सेवन गर्दा ३ जना महिला सहित १ पुरुष बिरामी परेका छन् ।

बीरगंज महानगरपालिका वडा न. २५ सिर्सिया निवासि बलिराम महराकी श्रीमति २५ बर्षिय फुलकान्ती देबी महराले घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेवन गर्दा बिरामी भएको प्रहरीले जनाएको छ । निजको उपचार बीरगंजको नारायणी अस्पतालमा सम्भव नभएपछि एडभान्समा रिफर गरिएको छ ।

यसैबिच बीरगज महानगरपालिका वडा न. ३१ सोलखपुर निवासि मुकेश चौधरीकी १९ बर्षिय श्रीमती अंजली कुमारी पनि बिष सेवनकै कारण बिरामी हुँदा उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै बीरगंजको छप्कैया बस्ने २४ बर्षिय प्रिती साहीले पनि बिषादी सेवन गरेपछि निजको उपचार तराइ हस्पिटलमा भइरहेको छ ।

साथै पर्साको कालिकामाइ गाउपालिका वडा न. १ बस्ने २५ बर्षिय हिकेश पासवानले पनि घराईसी समस्याको कारण नाम नखुलेको बिषादी सेवन गर्दा बिरामी भएका हुन् । पासवानको नारायणी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

ताजा समाचार

थप समाचार