spot_img

चिया मजदुरद्वारा आफ्ना सबै आन्दोलन फिर्ता, ४५ दिनको आन्दोलनले करोड बढीको हरियो चियापत्ती नष्ट

spot_img
spot_img

 

बीरगंज, ३१ बैशाख — ४५ दिनदेखि आन्दोलनमा रहेका चिया मजदुरले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमतीपछि मजदुरले आन्दोलन फिर्ता लिएका हुन् ।

तीन बुँदे सहमतिमा सरकारले तोकेको श्रम ऐन ’२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागु गरे अनुसारको तलब भुत्ता बृद्धि गर्ने र आन्दोलन अवधिभरको ज्याला ३० प्रतिशत दिने सहित मंगलबार देखि उद्योग खोल्ने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।

सहमति पत्रमा उद्योगीको तर्फबाट नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगी चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटा लगायतले हस्ताक्षर गरेका छन् ।

झापामा साना किसानसहित २८ वटा चिया उद्योग रहेका छन् । ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन् । ४५ दिनको आन्दोलनले चिया मजदुर र उद्योगी दुवै मारमा परेका थिए । जसले गर्दा करोड बढीको हरियो चियापत्ती नष्ट भएको छ भने २० करोड बढीको तयारी चिया उत्पादन हुने सकेको थिएन ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय