तीन तला घरको माथिबाट खसेर १ किशोरीको मृत्यु

spot_img

बीरगंज, ३१ बैशाख — इटहरीमा घरको तीन तला माथिबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ । इटहरी ६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्माको मृत्यु भएको प्रहरीले जनाउको छ ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका प्रहरी नायब उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।

मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत रहेकी थिइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय