Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

तीन महिनादेखि सिमेन्ट उद्योगीले भारतबाट क्लिकंर अर्डर गर्न छाडे, भारतीयभन्दा टनमै १५ सय सस्तो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – नेपाली सिमेन्ट उद्योगीले तीन महिनादेखि भारतमा क्लिकंर अर्डर गर्न छाडेका छन्। भारतमा भन्दा नेपालमै क्लिकंरको मूल्य सस्तो भएपछि उद्योगीले अर्डर गर्न छाडेका हुन्।

- Advertisement -

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार, पुसदेखि नेपाली उद्योगले भारतमा क्लिकंर अर्डरनै गरेका छैनन्। ‘सिमेन्ट उद्योगलाई चाहिने क्लिकंर स्वदेशको उत्पादनलेनै धान्न थालेको छ’ संघका अध्यक्ष ध्रुब थापाले बिजमाण्डूसँग भने।

भन्सार विभागको तथ्यांक अनुसार पनि क्लिकंरको आयात घट्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको ६ महिनासम्म ८ अर्ब ९० करोड रुपैयाँ बराबरको १० लाख १६ हजार टन क्लिंकर आयात भएको छ।

पुसपछि चैतसम्म तीन महिनाको अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको दुई लाख टन मात्रै क्लिंकर आयात भएको छ। थापाका अनुसार केही उद्योगले पहिलानै अर्डर गरेको क्लिंकर आयात भइरहेको तथ्यांकमा देखिएको हो। गत वर्षको तुलना गर्ने हो भने क्लिकंर आयात आधाले नै घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १० अर्ब ६१ करोड रुपैयँको १२ लाख १७ हजार टन क्लिकंर आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १९ अर्ब ७८ करोड रुपैयाँको २२ लाख ४८ हजार टन क्लिकंर आयात भएको थियो।

थापाले आगामी आर्थिक वर्षदेखि क्लिकंरको आयात रोकिने बताउँदै सरकारले नीतिगत सहजता भने दिनुपर्ने बताउँछन्। ‘हामी सिमेन्टमा आत्मनिर्भर भइसकेका छौं। तर सरकारले नीतिगत सहजता दिएमा निकासीसम्म जानसक्छौं’ उनले भने।

मुलुकभित्र क्लिकंर उत्पादन गर्ने १८ वटा उद्योग छन्। ती उद्योगको वार्षिक ८० लाख टन क्लिकंर उत्पादन क्षमता छ। क्लिकंरमा आधारित सिमेन्ट उद्योगमा होङसी शिवम सिमेन्ट, अर्घाखाँची, आरएमसी लगायतले भारतीय क्लिकंर आयात रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए।

किन अर्डर भएन क्लिकंर?
चिनियाँ लगानीको होङसी शिवम सिमेन्टले क्लिकंर उत्पादन थालेपछि प्राइसवार सुरु भएको थियो। होङसीले सस्तोमा क्लिकंर बेच्न थालेपछि अरु उद्योगले समेत सस्तोमा बेच्न थालेका थिए।

पछिल्लो चार महिनादेखि सुरु भएको प्राइसवारले भारतबाट ल्याउने भन्दा क्लिकंरको मूल्य टनमै १५ सय कम भएको हो। होङसीले प्रतिटन ८ हजार ५ सय रुपैयाँमा क्लिकंर दिन थालेपछि अरु उद्योगले समेत त्यही मूल्यमा बेच्न थाले।

भारतीय सीमा नजिक जोडिएका उद्योगलाई समेत भारतबाट ल्याउन भन्दा नेपालकै सस्तो पर्न थाल्यो। ‘स्वदेशी उद्योगले मार्केटिङ गर्दै क्लिकंर बेच्न थालेपछि भारतबाट किन ल्याउने?’ ग्राइन्डिङ युनिट चलाइरहेका एक उद्योगीले भने, ‘स्वदेशको क्लिकंर राम्रो र मूल्य पनि सस्तो छ।’ ती उद्योगीका अनुसार प्राइसवार भएकाले ग्राइन्डिङ युनिट चलाउन सहज भएको छ।

भारतको सीमा नजिक भएका विराटनगर र वीरगंजमा समेत नेपाली क्लिकंर बिक्री भएको छ। होङसीले दैनिक ६ हजार टन क्लिंकर उत्पादन गर्दै आएको छ। नेपालमा अहिले ६१ वटा उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्।

चिनियाँ लगानीको हुवासिन लगायत अन्य ४ वटा उद्योग निर्माणाधीन छन्। नेपाली सिमेन्ट उद्योगले पूर्ण क्षमताका उद्योग सञ्चालन गरेमा करिब एक करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्न सक्छन्। अहिले एक करोड २० लाख टन सिमेन्ट उत्पादन हुँदै आएको छ।

ताजा समाचार

spot_img

थप समाचार