मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

शान्त हुन सकेन श्रीलंका : सामाजिक सञ्जाल पुन बन्द, देशभर कर्फ्यू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

श्रीलंका । इष्टर सन्डेका दिन २५० भन्दा धेरैको ज्यान जानेगरी आतंकवादी संगठन इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध बम आक्रमणपछि मुलुकमा रहेका मुसलमान धर्मावलम्बी विरुद्ध हिंसाका घटना बढेको भन्दै मुलुकभर निषेधाज्ञा जारी गरिएको छ भने सरकारले सामाजिक सञ्जाललाई बन्द गरिदिएको छ ।

- Advertisement -

श्रीलंकाको पश्चिमी क्षेत्रमा रहेको कुरुनेगला क्षेत्रमा मुसलमान अल्पसङ्ख्यक तथा उनीहरुको सम्पत्तिलाई निशाना बनाएर हिंसात्मक घटना भएको र केही मस्जिदहरुमा आगो लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, मुसलमान धर्मावलम्बीलाई दुव्र्यवहारका घटनाको उजुरी पनि बढेको प्रहरीले जनाएको छ । यससँगै त्यहाँ नयाँ किसिमको जातीय द्वन्द्व हुनसक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरिएको हो ।

त्यसबाहेक सरकारले मुलुकभर निषेधाज्ञा कर्फ्यू समेत जारी गरेको छ । मुसलमान धर्मावलम्बीविरुद्ध हिंसात्मक आक्रमण गर्ने मानिसहरुको समूहलाई प्रहरीले गिरफ्तार गरेको भएपनि उनीहरुलाई रिहा गर्न स्थानीयबाट चर्को दबाब आएको श्रीलंकाली सेनाको प्रवक्ता सुमिथ अटपट्टुले जनाएका छन् । श्रीलंकामा भएको आक्रमणपछि सरकारले सेनालाई विशेष अधिकार दिई हिंसा रोक्ने जिम्मा दिएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार