spot_img

‘जात्रै जात्रा’ नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

spot_img
spot_img

काठमाडौं – फिल्म ‘जात्रै जात्रा’ आउँदो शुक्रबार अर्थात् जेठ ३ गतेबाट सार्वजनिक हुँदैछ। फिल्म नेपालसँगै अस्ट्रेलिया रिलिज पनि सोही दिने हुने भएको छ।

‘चार सोभन्दा बढी भएकाले अस्ट्रेलिया प्रदर्शन अघि सेन्सर गर्नु पर्ने भयो। त्यसैले पोस्ट प्रोडक्सनको काम चाँडै सकियो’, फिल्म निर्देशक प्रदीप भट्टराईले भने,’अब शुक्रबारबाट फिल्म दर्शकको।’

अस्ट्रेलिया प्रर्दशनका लागि ३५ लाखमा फिल्म राइट्स बिक्री भएको हो। हो र, होइन होला इभेन्ट्स र पप अप इन्टरटेन्मेन्टले अस्ट्रेलियामा प्रर्दशनको अधिकार लिएको हो।

समीक्षात्मक रुपमा सफल फिल्म ‘जात्रा’ सिक्वेलमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धरलगायतको अभिनय छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय