spot_img

शिक्षामन्त्री चीन प्रस्थान, युनेस्को सम्मेलनमा सहभागी हुने

spot_img
spot_img

काठमाडौं – संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल चीन प्रस्थान गरेका छन।

मन्त्री पोखरेल बुधबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन। कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ।

यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संगठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ। दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवर्धनमा प्राथमिकता दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय