ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

spot_img

बीरगंज, २ ज्येष्ठ — पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका वडा न. २ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली २ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो ।

ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय