Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

एसिड आक्रमणबाट घाइते जेनीको अवस्था चिन्ताजनक, पैसा नहुँदा उपचारमा समस्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । बुधबार साँझ कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ । जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले २७ वर्षीय विकास भनिने विष्णु भुजेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका भुजेल जेनीको श्रीमान रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । जेनीको अहिले कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीका अनुसार जेनीको अहिले अप्रेशन हुँदैछ ।

आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको जेनीको परिवारले जनाएको छ । जेनीको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार भुजेलले जेनीलाई १० कक्षामा पढ्दापढ्दै ६ वर्षअघि भगाएर विवाह गरेका थिए । त्यतिबेला जेनी १४ वर्षकी थिइन् ।

बिहे भएको ३ वर्षपछि उनीहरुबाट एउटा छोराको जन्म भयो । अहिले छोरा तीन वर्षमा लागेको छ ।

प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । त्यसपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गर्थे । विकासले प्रहरी समक्ष श्रीमती आफूसँग बस्न नमानेपछि एसिड हानेको स्वीकारेका छन् । भुजेलको पहिलो श्रीमती हाल वैदेशिक रोजगारीको क्रममा खाडीमुलूकमा रहेको बताइएको छ ।

ताजा समाचार

थप समाचार