spot_img

कर्मचारीको तलब वृद्धि गर्न सरकार प्रतिबद्ध छ : मन्त्री विष्ट

spot_img
spot_img

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् ।
मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराए ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराए ।

मन्त्री विष्टले कर्मचारीहरुको तलबसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय