Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

ठोरी ४ घ्याङ्डाडामा सामुहिक बौद्ध जयन्ती मनाइयो

सिफारिस

२५६३ औं बुद्ध जयन्तीको अवसरमा ठोरी ४ घ्याङ्डाडामा रहेको साङक रिन्छेनलिङ बौद्ध गुम्बा परिसरमा स्थानीय बौद्ध अनुयायीहरुले विभिन्न कार्यक्रम गर्दै सामुहिक रुपमा बौद्ध जयन्ती मनाएका छन् ।नेपालकै सबैभन्दा अग्लो बौद्ध झण्डा समेत रहेको गुम्बा परिसरमा आज विभिन्न कार्यक्रमको आयोजना गर्दै बौद्ध जयन्ती मनाइएको हो।Image may contain: one or more people and outdoor

गुम्बा परिसरमा सरसफाइ र बौद्ध धर्मका धार्मिक लामा गुरुहरुबाट बौद्ध सस्कृती अनुसारको पुजापाठ लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिए।ठोरी गाउँपालिकामा नै नमूना गुम्बा निर्माणकार्य समेत भैरहेको गुम्बा परिसरमा रहेको सबैभन्दा अग्लो बौद्ध झण्डाको झण्डा पनि फेरिएको अध्यक्ष पाख्रीनले जानकारी दिए।२०७४ सालको सोनाम ल्होछारका दिन ठड्याइएको झण्डा पुरानो र जिर्ण भएपछि नयाँ प्रतिस्थापन गरिएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।Image may contain: 1 person, standing and outdoor

यसैबीच झण्डा प्रतिस्थापन र सामुहिक पुजापाठपछी आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बौद्ध धर्मका मुलमर्मको आत्मसात् गर्न बौद्ध अनुयायीहरुलाई आग्रह गरे। मन्तव्यका क्रममा वक्ताहरुले धार्मिक पर्यटनको केन्द्र बन्ने तरखरमा रहेको गुम्बा संरक्षणमा स्थानीयको भुमिका पनि महत्त्वपूर्ण हुनेमा जोड दिए।कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले गुम्बा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन गाउँपालिकाले योजना अघि सारेको बताए ।त्यसका लागी उनले संघीय सरकारको पर्यटन मन्त्रालयमा समेत प्रस्तावना पेस गरिसकेको कार्यक्रममा सुनाए ।सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ठोरी ४ का वडाध्यक्ष बई बहादुर पाख्रीनले गुम्बा व्यवस्थापनको पुर्व अध्यक्षका हैसियतले आफुले गुम्बा संरक्षण गर्दा भोग्नुपरेका समस्याका बारेमा चर्चा गर्दै गुम्बाको आयव्ययको अवस्था सुनाए ।Image may contain: 1 person, standing, outdoor and natureकार्यक्रममा नेकपाका युवा नेता निमा लामा,गुम्बा व्यवस्थापन समितिका अध्यक्ष बुद्धलाल पाख्रीन,गुम्बा व्यवस्थापन सचिव सागर लामा,मावि विजयवस्तिका प्रअ नारायण लामा,शिक्षक सोम बहादुर दोङ,स्थानीय अगुवा धन बहादुर थिङ,कालुमान लोप्चन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा बौद्ध धर्मका लामा गुरुहरु,स्थानीय सामाजिक अगुवाहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,गुम्बा व्यवस्थापन समितिका पदाधिकारीहरु,स्थानीयवासी लगायतको उपस्थिति थियो ।

ताजा समाचार

थप समाचार