Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । एकता प्रक्रियाको कामलाई अन्तिम रुप दिन सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकतासम्बन्धी बाँकी काम सकाउन शीर्ष नेताले पाएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुपम दिनेछ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताले एकता प्रक्रियाका बाँकी विषयलाई टुंग्याउन गृहकार्य गरेका थिए । शीर्ष नेताहरुबीचको छलफलबाट प्राप्त निष्कर्षलाई आजको बैठकले अनुमोदन गर्ने श्रेष्ठले बताए ।

सोही अनुसार शीर्ष नेताहरुबीचको छलफल र निष्कर्षलाई सचिवालय बैठकले अन्तिम रुपम दिने श्रेष्ठले बताए । ‘हामीले एकता प्रक्रियाका प्रायः सबै काम सकेका छौं । केहि विषयलाई अन्तिम रुप दिनुपर्ने थियो । त्यसलाई पनि शीर्ष नेताहरुले मोटामोटी रुपमा टुंग्याउनु भएको छ । आजको सचिवालय बैठकमा शीर्ष नेताले गरेको सहमतिलाई अन्तिम रुप दिने प्रयास हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आजको सचिवालय बैठक एकता प्रक्रियालाई टुंग्याउने विषय मै केन्द्रित हुनेछ ।’

ताजा समाचार

थप समाचार