Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो एशियाली देश बन्यो ताइवान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ताइवानको संसदले एक ऐतिहासिक निर्णय गरेको छ । ताइवान एशियाको पहिलो यस्तो देश बनेको छ जहाँ समलिङ्गी विवाह अब गैह्रकानूनी रहेन ।

शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो ।

सन् २०१७ मा द्वीपको संवैधानिक अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न अनुमती नदिनु संविधानको उल्लंघन भएको बताएको थियो ।

संसदलाई दुई वर्षको समय दिइएको थियो र २४ मेसम्म यो कानूनलाई पारित गर्ने समय थियो ।

यो क्रममा तीन विभिन्न विधेयकमा चर्चा गरियो जसमध्ये सर्वाधिक प्रगातिशील मानिने सरकारी विधेयकलाई मञ्जुरी दिइयो ।

यो निर्णयको प्रतिक्षामा राजधानी ताइपेमा वर्षाका बावजूद संसद बाहिर समलिङ्गी अधिकारका हज्जारौं समर्थक जुटिरहे ।

यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ । उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कालाई अँगालो हाले ।

यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए ।

बिलमा के छ ?

रुढिवादी सांसदद्वारा प्रस्तुत गरिएका दुई अन्य विधेयकमा विवाहको साटो सेम सेक्स फ्यामिली रिलेशनशिप वा सेम सेक्स युनियनको उल्लेख गरिएको थियो ।

तर धर्मपुत्र–पुत्रीका लागि सिमित अधिकार दिने एकमात्र सरकारी विधेयक संसदमा बहुसंख्यक डेमोक्रेटिक प्रोगेसिभ पार्टीका सांसदको समर्थनको साटो ६६–२ भोटसहित पारित गरेको थियो ।

अब ताइवानका राष्ट्रपति साइ इंग–वेनको मुहरपछि यो कानूनको रुपमा प्रभावकारी हुनेछ ।

यसमा मतदानअघि थुप्रै समलिङ्गी कार्यकर्ताले उनीहरु यो विधेयकलाई मात्र स्विकार गर्ने बताएका थिए ।

ताइवानको ‘म्यारिज इक्वालिटी कोअलिशन अधिकार समूह’ की मुख्य संयोजक जेनिफर लूले बीबीसीलाई भने, ‘यो पूर्ण रुपमा विवाहको अधिकार होइन । हामी एक विदेशी र ताइवानी नागरिकबीच समलैंगिक विवाह र मिान शिक्षाको लैंगिक अधिकारको विषयमा अहिले स्पष्ट छैन । यो निकै महत्वपूर्ण पल हो तर हामी आफ्नो लडाईं जारी राख्नेछौं । हामी आफ्नो भविष्यका लागि यो महत्वपूर्ण अधिकार चाहन्छौं ।’

ताइवानका गायक जोलिन साइले फेसबुकमा एक तस्बिर पोष्ट गरेर आफ्नो खुसी व्यक्त गर्दै लेखे, ‘बधाई छ । हामी सबै यो खुसीका पात्र हौं ।’

ताजा समाचार

थप समाचार