मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो एशियाली देश बन्यो ताइवान

सिफारिस

ताइवानको संसदले एक ऐतिहासिक निर्णय गरेको छ । ताइवान एशियाको पहिलो यस्तो देश बनेको छ जहाँ समलिङ्गी विवाह अब गैह्रकानूनी रहेन ।

- Advertisement -

शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो ।

सन् २०१७ मा द्वीपको संवैधानिक अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न अनुमती नदिनु संविधानको उल्लंघन भएको बताएको थियो ।

- Advertisement -

संसदलाई दुई वर्षको समय दिइएको थियो र २४ मेसम्म यो कानूनलाई पारित गर्ने समय थियो ।

यो क्रममा तीन विभिन्न विधेयकमा चर्चा गरियो जसमध्ये सर्वाधिक प्रगातिशील मानिने सरकारी विधेयकलाई मञ्जुरी दिइयो ।

यो निर्णयको प्रतिक्षामा राजधानी ताइपेमा वर्षाका बावजूद संसद बाहिर समलिङ्गी अधिकारका हज्जारौं समर्थक जुटिरहे ।

यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ । उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कालाई अँगालो हाले ।

यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए ।

बिलमा के छ ?

रुढिवादी सांसदद्वारा प्रस्तुत गरिएका दुई अन्य विधेयकमा विवाहको साटो सेम सेक्स फ्यामिली रिलेशनशिप वा सेम सेक्स युनियनको उल्लेख गरिएको थियो ।

तर धर्मपुत्र–पुत्रीका लागि सिमित अधिकार दिने एकमात्र सरकारी विधेयक संसदमा बहुसंख्यक डेमोक्रेटिक प्रोगेसिभ पार्टीका सांसदको समर्थनको साटो ६६–२ भोटसहित पारित गरेको थियो ।

अब ताइवानका राष्ट्रपति साइ इंग–वेनको मुहरपछि यो कानूनको रुपमा प्रभावकारी हुनेछ ।

यसमा मतदानअघि थुप्रै समलिङ्गी कार्यकर्ताले उनीहरु यो विधेयकलाई मात्र स्विकार गर्ने बताएका थिए ।

ताइवानको ‘म्यारिज इक्वालिटी कोअलिशन अधिकार समूह’ की मुख्य संयोजक जेनिफर लूले बीबीसीलाई भने, ‘यो पूर्ण रुपमा विवाहको अधिकार होइन । हामी एक विदेशी र ताइवानी नागरिकबीच समलैंगिक विवाह र मिान शिक्षाको लैंगिक अधिकारको विषयमा अहिले स्पष्ट छैन । यो निकै महत्वपूर्ण पल हो तर हामी आफ्नो लडाईं जारी राख्नेछौं । हामी आफ्नो भविष्यका लागि यो महत्वपूर्ण अधिकार चाहन्छौं ।’

ताइवानका गायक जोलिन साइले फेसबुकमा एक तस्बिर पोष्ट गरेर आफ्नो खुसी व्यक्त गर्दै लेखे, ‘बधाई छ । हामी सबै यो खुसीका पात्र हौं ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार