spot_img

सस्‌को बोतलभित्र सुर्तीको खोल

spot_img
spot_img

बेनी – म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो।

आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोत्तल दिएका थिए। अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए।

तिरुपती फुड्स एन्ड बेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन। ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिन्छ।

सस चाउमिन, मम लगायत परिकार बनाउन प्रयोग गरिन्छ। ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ।

स्थानीय प्रशासनको बजार अनुगमन सदरमुकाममा केन्द्रित रहदै आएको छ। बजार अनुगमनलाई ग्रामीण बजारमा विस्तार गर्न लागिएको प्रजिअ लीलाधर अधिकारीले बताए।

उनका अनुसार प्रत्येक महिनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय