सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु...

ललितपुर,३१ भदाै । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ ।...
26.1 C
Kathmandu
27.3 C
Birgunj

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै, धादिङ पुगेर प्रधानमन्त्रीले सिलान्यास गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ ।

- Advertisement -

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ । सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।

सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वकर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमबार यसको औपचारिक सुरुवात गर्न लागिएको हो ।

- Advertisement -

टेलिकमले उपकरण उपलब्ध गराउन आह्वान गरेको टेन्डर अनुसार प्राप्त निवेदनका आधारमा प्रदेश १ मा एलएस केवल कोरिया ९५ ९६ किलोमिटर०, प्रदेश २ मा आरोग्य कन्स्ट्रक्सन र चाइना रेल्वेको जोइन्ट भेन्चर ९एक हजार २८ किलोमिटर० र प्रदेश ३ मा चीनको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल ९सीसीएसआई ५ सय ५५ किलोमिटर० सँग सम्झौता भइसकेको छ । त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डीडब्लुडीएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । प्रदेश २ अन्तर्गतका सबै जिल्लामा भने १८ महिनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीले गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य सहरहरूमा नौ महिना भित्रै उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । विश्वास रेग्मी गोरखापत्र

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार