Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

सार्वजनिक जग्गामा भएका विकृतिलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौँ : अख्तियार प्रमुख घिमिरे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले जनताकै वीच सेवा प्रवाह गराउन नसकिने हो भने राज्य हुनुको सार्थकता नरहेको बताएका छन् । साथै उनले सेवा प्रवाह गर्ने राष्ट्रसेवकको कार्यशैलीका कारण सरकारको प्रभावकारिता मापन हुने पनि बताएका छन् ।

आयोगको कार्यालय, हेटौंडामा आइतबार प्रदेश नम्बर ३ का विभिन्न मन्त्रालयका सचिवहरु तथा मकवानपुर जिल्लाका कार्यालय प्रमुखहरुसँग भएको छलफल तथा निर्देशन कार्यक्रममा उनले सुशासनको मापन कसरी गर्ने भन्ने आजको जीवन्त प्रश्न रहेको बताए ।

प्रदेश तथा मकवानपुरका विभिन्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा प्रमुख आयुक्त घिमिरेले संघीय संरचनाको वर्तमान अवस्था हेर्दा संक्रमणकालको रुपमा चित्रित गर्न सकिने धारणा पनि राखे ।

प्रदेश नम्बर २ को बारा र पर्सामा आयोजना हुने जनचेतना मुलक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले आइतबार हेटौडामा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालय तथा कार्यालय प्रमुखहरुलाई सुशासन कायम गराउन प्रमुख भूमिका कर्मचारीहरुकै हुने बताए ।

हेटौडामा रहेका वरिष्ठ कर्मचारीहरुलाई आयोगले गरिरहेका कामबारे संक्षिप्त रूपमा जानकारी दिदै उनले भने, ‘आयोगले रुग्ण १ हजार ८ सय ४८ आयोजनाको अध्ययन सम्पन्न गरेको छ । त्यसबाट देखिएका कैफियतबारे सुक्ष्म रुपमा हेर्नुका साथै सो सम्वन्धमा सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइ सकिएको छ ।’

नेपालमा निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु र ढिलासुस्तीबारे चर्चा गर्दै उनले निर्माण व्यवसायीहरु ‘कार्टेलिङ’ मा लागेको आरोप लगाए । जसकारण धेरै भ्रष्टाचार बढ्नुका साथै ढिलासुस्ती हुने गरेको उनको तर्क थियो । सम्वोधन कै क्रममा भूमि व्यवस्थापनको सन्दर्भमा चर्चा गर्दै कार्यालयहरुको अनुगमन संयन्त्र सन्तोषजनक नभएको बताउँदै तत्काल सुधार गर्न सुझाव दिए । ‘आयोगले सार्वजनिक जग्गामा भएका विकृतिलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ’ उनले भने । त्यसैक्रममा प्रमुख घिमिरेले संघीय मामिलामा हुने भ्रष्टाचारलाई रोक्न विभिन्न प्रबर्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए । स्थानीय तहमा भ्रष्टाचार बढेकोबारे चिन्ता व्यक्त गर्दै उहाँले स्थानीय तहको भ्रष्टाचारको प्रवृत्तिलाई हेर्दा उपभोक्ता समितिहरु ठेकदारको रुपमा विकसित हुँदै गरेको बताए ।

उनले आफनो मन्तव्यको क्रममा कार्यालयमा हुने भ्रष्टाचारजन्य क्रियाकलापमा अवदेखि कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाएर कारबाही गरिने बताए । ‘हामी कसैलाई पनि असफल हुने छुट छैन’ उनले भने, ‘सिटिजन जुरीको अवधारणा कार्यान्वन गर्न लागिएको छ’ जसले प्रवर्धनात्मक र निरोधात्मक कार्यक्रमहरु गर्नेछ ।

ताजा समाचार

थप समाचार