मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

प्रहरीमाथि लाग्यो बलात्कारको आरोप, कारवाही माग गर्दै प्रदर्शन

सिफारिस

नवलपरासी, ६ जेठ – प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि २ प्रहरी जवान निलम्बनमा परेका छन् ।

- Advertisement -

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।

गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको दाबी स्थानीयको छ ।

- Advertisement -

तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए ।

स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीले स्थानीयको आरोपपछि २ प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -