बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बीरगन्जबाट पक्राउ

spot_img

बीरगन्ज,१८ वैशाख । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बीरगन्जबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा सबैठवा–९ निवासी ४७ वर्षीय राजेश कुमार गुप्ता रहेका छन्। उनी हाल बीरगन्ज महानगरपालिका–५ मा बस्दै आएका थिए। प्रहरीले उनलाई बिहीबार दिउँसो बीरगन्ज–८ क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पर्सा जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा गुप्तालाई १२ दिन कैद सजाय तथा ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका गुप्तामाथि अदालतको आदेशअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय