काठमाडौं, ८ जेठ – सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको हो ।
आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ । सीके राउतको पार्टीको कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ ।
पृथकतावादी आन्दोलनमा रहेका राउत सरकारसँग फागुन २४ गते ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । त्यसपछि उनले जनमत पार्टी गठन गरी निर्वाचन आयोगमा दल दर्ताको आवेदन दिएका थिए ।
79
SHARES
|