Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...

कञ्चनपुरमा विषालु च्याउ खाँदा...

कञ्चनपुर,३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका...

वर्षाले बीपी राजमार्गका विभिन्न...

काठमाडाैं,३१ असार । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

अमेरिकी राजदूत बेरीको सांसदहरुले गरे विरोध, यस्तो छ कारण

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत (याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराए ।

- Advertisement -

बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे ।

सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे ।

- Advertisement -

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सरकारसँग अनुमति नलिई राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पारे ।

अमेरिकी राजदुत बेरीले आगामी सोमबारबाट ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रम चलाउने घोषणा गरेपछि उनी विवादमा तानिएका हुन् ।

ताजा समाचार

spot_img

थप समाचार