सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024
सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024

ओली सरकारकै कारण सीमावर्ती...

ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह रौतहट,१९ कार्तिक । आम जनता...

बारामा टाटा सुमाे दुर्घटना...

बारा,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ...

लिग-२मा स्कटल्यान्डविरूद्ध करण केसी...

काठमाडाैँ,१९ कार्तिक । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण केसी...

दुर्घटनामा युवाको मृत्यु भएपछि...

नेपालगन्ज,१९ कार्तिक । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी...
15.1 C
Kathmandu
23.2 C
Birgunj
spot_imgspot_imgspot_img

बैतडीमा आगलागी हुदा एकै परिवारका तीनजना जलेर मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बैतडी,९ जेठ बैतडीमा आगलागी हुदा एकै परिवारको तीनजना जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको हो । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

- Advertisement -

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । उनले भने ‘बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेका थिए। तर आगो सल्किसकेकाले बचाउन सकिएन। लाश मात्रै बाहिर निकाल्न सकियो।’

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। ७ वर्ष यता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय बसपार्कमा टहरो बनाएर बस्दै आएका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार