Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

नेविसंघ पर्साद्वारा धर्ना, माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ९ जेठ — नेपाल बिद्यार्थि संघ पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि आज एक घंटा धर्ना दिएको छ । बिगत एक हप्ता अगाडी संघले बिभिन्न माग हरु अघि सार्दै जिल्ला प्रशान कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन दिवेदीले बताउनुभयो ।

संघले निजि बिद्यालयहरुमा बिद्यार्थिहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने र लिएकाको फिर्ता गर्नुपर्ने तथा दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यन्वयन गर्नुपर्ने र पाठ्यपुस्कतक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेको छ ।

भोलि पुन. जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने र पनि मागको सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्बजनि गर्ने नेवि संघ पर्साका अध्यक्ष दिवदीले बताउनुभयो ।

आजको धर्नामा नेविसंघपसाका उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत अन्य पदाधिकारी हरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

थप समाचार