Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ ९ जेठ — पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

- Advertisement -

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ । प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ ।

- Advertisement -

राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । अपराह्नपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण नुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । रासस

ताजा समाचार

spot_img

थप समाचार