Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारी जग्गा घोटाला प्रकरणको छानबिन गर्न आयोग गठन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सरकारी जग्गा घोटाला प्रकरणकाे छानिबन गर्न सरकारले चार सदस्सीय छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को जेठ ६ गते बसेको बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो ।

- Advertisement -

आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउवा रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । हडपिएका सरकारी जग्गाबारे छानबिन गरी आयोगले ६ महिनाभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ ।

मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ ।

- Advertisement -

नयाँ ठेकेदार नियुक्ति दिने वा काम विभाजन गर्ने सम्बन्धमा मेलम्ची खानेपानी आयोजनाले गर्ने गरि अधिकार प्रत्यायोजन गर्ने निर्णय सरकारको छ ।

सो अवसरमा मन्त्री बास्कोटाले अमेरिकी राजदूतको ‘गफगाफ’को सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको पनि जानकारी दिए । अमेरिकी राजदूत र्यारण्डी बेरीले आगामी सोमबारबाट ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रम चलाउने घोषणा गरेपनि उनी विवादमा तानिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार