spot_img

अस्वस्थ खाना खांदा क्यान्सर रोगको कारण

spot_img
spot_img

अमेरिकामा ८० हजार भन्दा बढी मानिसहरुलाई प्रत्येक वर्ष क्यान्सर रोग देखा पर्छ जसको प्रमुख कारण अस्वस्थकर खाना हो भन्ने एक नयाँ अध्ययनले देखाएको छ ।

सन् २०१५ को ८० हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरुको प्रारम्भिक सम्बन्ध असन्तुलित खानपानसँग रहेको उक्त अध्ययनले देखाएको छ ।

क्यान्सर रोग तथा पोषण सम्बन्धि अनुसन्धानकर्ता फैंग फैंग झ्यांगका अनुसार ५० हजार भन्दा बढी क्यान्सर बिरामीहरुको तथ्याङ्क संकलन गर्दा ३८ प्रतिशत भन्दा बढी आन्द्राको क्यान्सर समस्यामा आवाश्यक भोजनका मात्रा नमिल्नाले सृजना भएको जनाएका छन् ।

त्यसैगरी ४५ देखि ६५ वर्षका मानिसहरुमा भोजनका कारणले क्यान्सर हुन सक्ने अनुपात बढी भएको पाइयो ।

खानाहरुमा विशेष गरी कम्ती रेशादार अन्न, कम दूधजन्य खाद्यवस्तुको प्रयोग क्यान्सरसँग जोडिएको पाइयो भने प्रशोधित मासुलगायत खानाको उच्च प्रयोग अर्काे उल्लेख्य कारण बन्ने गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय