spot_img

राहुलले स्वीकारे हार, मोदीलाई दिए बधाई

spot_img
spot_img

भारत । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्।

बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए। उनले चुनावमा जित हात पारेकोमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

‘मोदीजी र भाजपाको विचारले जितेको छ,’ राहुलले भने,‘म मोदीजी र भाजपालाई बधाई दिन्छु।’

उनले कंग्रेस कार्यकर्ता पनि नडराएर फेरि आफ्नो अभियानमा लाग्न भनेका छन्।

‘नडराउनुस्। हाम्रो लडाइँ विचारको हो। भारतमा कंग्रेसको विचारधारामा विश्वास गर्ने धेरै मानिस छन्। हामी मिलेर एकदिन जित्नेछौं,’ राहुलले भने।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय