Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

धेरै चर्चितले जिते तर कन्हैयाकुमारले हारे

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १० जेठ । जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैयाकुमार सबैभन्दा चर्चित उम्मेदवार थिए । जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तरसम्मका साहित्यकार उनको प्रचारमा आएका थिए ।

- Advertisement -

यो क्षेत्रमा कन्हैयाको दल सिपिआईले एक लाख ९२ हजार मत मात्र प्राप्त गरेको थियो । यसपालि कन्हैयाले एक लाख मत बढाए । तर, मोदीको आँधीका अगाडि उनको जोर चलेन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे । केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरिराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरे । यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे ।

- Advertisement -

तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलेब्रिटीले चुनाव जितेका छन् । मथुराबाट हेमा मालिनीले जित दोहोर्‍याएकी छिन् भने उनका छोरा सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट पहिलोपटक चुनाव जितेका छन् ।

त्यस्तै, भोजपुरी स्टार रविकिसनले गोरखपुरबाट पहिलोपटक चुनाव जितेका छन् भने मनोज तिवारीले दिल्लीबाट जित दोहोर्‍याएका छन् ।

दिल्लीमा संगीतकार हंसराज हंसले पनि भाजपाबाटै चुनाव जितेका छन् । त्यस्तै, क्रिकेटर गौतम गम्भीरले दिल्लीबाटै चुनाव जितेका छन् । भाजपाबाटै टिकट पाए पनि जयप्रदाले उत्तर प्रदेशको रामपुरबाट हारेकी छिन् ।

उनलाई समाजवादी पार्टीका आजम खानले हराएका छन् । भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हालाई यसपालि कंग्रेसले साथ दिएको थियो, तर पटना साहिवका जनताले साथ दिएनन् । त्यस्तै, मुम्बईमा कंग्रेसकै तर्पmबाट उठेकी उर्मिला मातोडकरले पनि चुनाव जित्न सकिनन् ।

ताजा समाचार

spot_img

थप समाचार