spot_img

सगरमाथा हिमाल सफाइ अभियानमा भेटिए चार शव, ल्याइयो काठमाडौं

spot_img
spot_img

काठमाडौं — सगरमाथामा भेटिएका चार शव काठमाडौं ल्याइएको छ। सगरमाथा हिमाल सफाइ अभियान – २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा भेटिएका शवहरु ल्याइएको हो।

पहिचान नखुलेकाले शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। सफाई अभियानका महासचिव कुल गुरुङले १२ दिन अघि भेटिएका शव काठमाडौं ल्याइएको बताए।

गुरुङले भने, ‘१२ दिन अघि सगरमाथा क्षेत्रमा भेटिएका शव ल्याएका हौं। कंकालहरु भेटिएकाले ७/८ वर्ष पुरानो जस्तो देखिन्छ। तर यकिन गर्न सकिन्न।’

सगरमाथा आरोहणका क्रममा हरेक वर्ष आरोहीको मृत्यु हुने गर्छ। शव निकाल्न खर्चिलो र कठिन हुने भएकाले पनि पुराना शवहरु अझै रहेको अनुमान गरिएको छ।

यही सिजनमा सगरमाथा आरोहणका क्रममा तीन जनाको ज्यान गइसकेको छ। बुधवार एक अमेरिकीको मृत्यु भएको थियो भने यसअघि एक भारतीय र एक आइरिसको मृत्यु भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय