Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

नरेन्द्र मोदीलाई देश विदेशबाट शुभकामना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — अत्यधिक बहुमतबाट विजयी भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई विभिन्न देशका प्रमुखले बधाई तथा शुभकामना दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गरेका छन, ‘मेरा मित्र नरेन्द्र मोदी, प्रभावशाली चुनावी जितका लागि तपाईंलाई हार्दिक बधाई ।

यो परिणामले संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्व प्रमाणित गर्छ । हामी मिलेर भारत र इजरायलको घनिष्ठ मित्रतालाई थप मजबुत बनाउनेछौं ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले फोन गरेर मोदीलाई सानदार जित हासिल गरेको भन्दै बधाई दिएका छन् । यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्ड बहुमत ल्याएको भन्दै बधाई दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लोकसभाको निर्वाचनमा सानदार विजयी भएकोमा बधाई दिएका छन् ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले ट्विट गर्दै मोदीलाई बधाई दिएका छन्। उनले दुवै देशको प्रगतिका लागि मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

अफगान राष्ट्रपति अशरफ घानीले ट्विट गरी मोदीलाई बधाई दिएका छन्। उनले अफगानिस्तान र भारतबीच आपसी सद्भाव र सहयोग विस्तार गर्न तत्पर भएको बताएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि मोदीलाई बधाई सन्देश पठाएकी छन् ।

अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाहयानले पनि मोदीलाई बधाई दिएका छन् । यसैगरी भारतका लागि अमेरिकी राजदूत केन जस्टरले पनि बधाई दिँदै भारतसँग रणनीतिक साझेदार भएर काम गर्न तत्पर भएको बताएका छन् ।

२३ राज्यमा कांग्रेस शून्य

लोकसभा चुनावमा कांग्रेसको प्रदर्शन अत्यन्त खराब रह्यो। कांग्रेसले सन् २०१४ को निर्वाचनमा ४४ सिट जितेको थियो। आफ्नै सरकार भएका राज्य कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा समेत कांग्रेसको लज्जास्पद हार भएको छ। उत्तर प्रदेशमा प्रियंका गान्धी र ज्योतिरादित्य सिन्धियालाई दिइएको जिम्मेवारीले पनि सफलता मिलेन ।

१३० करोड जनता श्रीकृष्ण झै भारतको पक्षमा उभिए मोदी जी

कंग्रेसले खाता खोल्न नसकेका राज्यमा जम्मुकास्मिर, अन्डमान निकोबार, आन्ध्र प्रदेश, सिक्किम, त्रिपुरा, गुजरात, हरियाणा, हिमाचल, उत्तराखण्ड, मिजोरम, मणिपुर, उडिसा, दिल्ली, चन्डिगढ, दादर एन्ड नागर हवेली, दमन द्वीप छन्। यसैगरी मध्य प्रदेश, बिहार, राजस्थान, महाराष्ट्र, उत्तर प्रदेश र पश्चिम बंगालका १÷१ सिटमा कंग्रेस अगाडि छ।

ओलीको बधाई मोदीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सानदार जित हासिल गरेकोमा बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई बिहीबार टेलिफोन गरी बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप हार्दिकतापूर्ण हुने बताएका छन् ।

असल सम्बन्ध कायम हुने इमरान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गरी प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। उनले मोदीको दोस्रो कार्यकालमा दुवै देशबीच असल सम्बन्ध कायम हुने अपेक्षा गरेका छन्। उनले भारतसँग शान्तिवार्ता र कास्मिर विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

विदेशी सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, भाजपा सत्तामा आए कास्मिर विवाद समाधान हुनसक्छ। उनले दुई देशबीच कास्मिर प्रमुख समस्या भएको पनि चर्चा गरे।

वार्ताका लागि पाकिस्तानले आवश्यक वातावरण पनि तयार गरेको उनले बताएका छन् । पाकिस्तानले जैश–ए–मोहम्मद लगायतका सबै आतंकवादी संगठनमाथि कारवाही गरेको उनले स्पष्ट पारे ।

उनले भने हामीले यस्ता गुटका धार्मिक स्कुल सरकारी नियन्त्रणमा लिएका छौं । सशस्त्र संगठनलाई पनि निःशस्त्र गराउने क्रममा छौं । यी काम अरूको दबाबमा नभई पाकिस्तानको असल भविष्यका लागि गरेको उनले बताए।

उनले ट्विट गर्दै लेखेका छन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा र सहयोगी दललाई जितका लागि बधाई दिन्छु। दक्षिण एशियामा शान्ति, प्रगति र समृद्धिका लागि म मोदीसँग मिलेर काम गर्न आशावादी छु ।’

ताजा समाचार

थप समाचार