Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर– ७२ हवाई जहाज थपदैछ ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १० जेष्ठ — निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्ने भएको छ ।

पछिल्लो समय बढी सिट क्षमताका जहाज थप गर्न आक्रमक भएको एयरलाइन्सले जहाज थप गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान थपको अनुमति लिइसकेको छ ।

एयरलाइन्ससँग हाल एटिआर ७२–५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने नीति लिएको छ ।

अर्को जहाज ल्याएसँगै ७२ सिट क्षमताका जहाज एयरलाइन्स सँग पाँच पुग्ने छन् ।

काठमाडौंबाट तराई क्षेत्रका लामो धावनमार्ग भएका ठाउँमा उडान गर्न मिल्ने यो सिरिजका जहाजले पोखरा पनि उडान गरिरहेका छन् ।

हवाई यात्रुको संख्या बढेको र सरकारले भ्रमण वर्ष मनाइरहँदा त्यसका लागि चाहिने हवाई पूर्वाधार तयार पार्न पनि जहाज थपिएको एयरलाइन्सले जानकारी दिएको छ ।

ताजा समाचार

थप समाचार