spot_img

फ्राइडे रिलिज: आएनन् नयाँ नेपाली फिल्म, हलिउडको लर्को

spot_img
spot_img

यो साता फ्राइडे रिलिज अन्तर्गत् कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। गत साता नै सार्वजनिक भएका दुई फिल्म ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम’ प्रदर्शनरत् छन्।

बलिउडको पनि नयाँ फिल्म नेपाल रिलिज भएनन्।

हलिउडतर्फका भने पाँच फिल्म एकसाथ पर्दामा उतारिएको हो। फिल्महरु ‘ब्राइटबर्न’, ‘अलाद्दिन’, ‘हाउ टु ट्रेन योर ड्रागोन’, ‘अक्वाम्यान र ‘जोन विक ३’ सार्वजनिक भएका हुन्।

सुपर हिरो हरर फिल्म ब्राइटबर्नलाई डेभिड यारोभेस्कीले निर्देशन गरेका हुन्। फिल्ममा एलिजावेथ ब्याङ्क्स, डेभिड डेनम्यान, ज्याकसन एडन लगायतको अभिनय छ।

त्यस्तै सेड स्टाहेल्स्की निर्देशित जोन विक नियो नोइर एक्सन फिल्म हो। यस फिल्ममा किनु रिभ्स, मार्क दाकास्कस, एन्जेलिका हसटन लगायतको अभिनय रहेको छ।

अलाद्दिनलाई गाई रित्चीले निर्देशन गरेका हुन्। यो म्युजिकल फेन्टासीमा विल स्मिथ, मेना मासाउन्ड, नाओमी स्कट लगायत कलाकार रहेका छन्।

त्यस्तै २०१९ को सुरुवातमै वर्ल्ड प्रिमियर भएको फिल्म हाउ टु किल योर ड्रागोन एनिमेटेड एक्सन फेन्टासी हो। फिल्ममा डिन डेब्लोइसको निर्देशन छ र कलाकारहरु जे ब्रुसेल, अमेरिका फरेरा, केट ब्लासेट लगायतको अभिनय छ।

वर्ल्ड प्रिमियर सन् २०१८ को नोभेम्बरमै भएको फिल्म अक्वाम्यानको पनि नेपाल रिलिज यही शुक्रबार भयो। अमेरिकन सुपर हिरो जनरको फिल्ममा ज्यासन मोमोआ, अम्मर हर्ड, विलियम डफो लगायत कलाकार छन्। फिल्मलाई जेम्स वानले निर्देशन गरेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय