शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
23.1 C
Kathmandu
34.8 C
Birgunj

प्रति बच्चाको खोपमा राज्यको ३० हजार लगानी,खोपमा वार्षिक १२ अर्ब खर्च

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार एउटा बच्चालाई दिइने खोप सरकारले ४५ सय रुपैयाँमा खरिद गर्छ । तर, त्यसको प्रयोग अवधिभर हुने व्यवस्थापनको खर्च जोड्दा राज्यको लगानी ३० हजार हुन आउँछ ।

- Advertisement -

खोपमा वार्षिक १२ अर्ब खर्च
बालबालिकाको खोपका लागि मात्रै वर्षमा करिब १२ अर्ब खर्च हुने गरेको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । सरकारले प्रतिवर्ष तीन अर्ब रुपैयाँको खोप किन्छ । वार्षिक ६ लाख बालबालिकालाई खोप दिइँदै आएको छ । जसका लागि सरकारले देशभर १६ हजार खोप केन्द्र सञ्चालन गरिरहेको छ ।

नयाँ खोप थप्ने तयारीमा सरकार
सरकार नयाँ खोप थप्ने तयारीमा रहेको डा. गौतमले बताए । अहिले खोपको बहुवर्षीय योजना चलिरहेको छ । योजनाअनुसार सरकारले सुरु गरेका ११ वटा खोपलाई नियमित गर्दै अन्य नयाँ खोप थपिने उल्लेख छ । थप्नुपर्ने प्राथमिकतामा रोटा भाइरस र एचपिभी खोप परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै खोप अन्यत्रबाट आयात हुने गर्छ ।

- Advertisement -

१% बालबालिका खोपको पहुँचबाहिर
देशका कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरून् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाएको हो । तर, अझै २२ प्रतिशत बालबालिकाले खोपको सही सेवा पाएका छैनन् । जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको देखिएको छ । खोप शाखा प्रमुख डा. गौतमका अनुसार कुनै न कुनै खोप नलगाएकाहरूको संख्या पनि ठूलो छ । तसर्थ, ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन् । २१ प्रतिशतले आंशिक खोप लगाएका छन् भने एक प्रतिशत यो सेवाबाट वञ्चित छन् ।

बच्चा जन्मिएपछि तालिकाबमोजिम तोकिएको समयमा सबै रोगविरुद्धका खोप लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । रोग लाग्ने दर, अपांगता हुने दर र मृत्यु हुने दरमा समेत कमी आउने परिवार कल्याण महाशाखाले जनाएको छ ।

खोप लगाएपछि देखापर्न सक्ने असर
बालबालिकामा खोप लगाइसकेपछि सामान्य ज्वरो आउने, सुई लगाएको ठाउँमा सुन्निनेजस्ता समस्या हुन सक्छ । स्वास्थ्यकर्मीका अनुसार धेरै ज्वरो आएमा वा सुई लगाएको ठाउँमा संक्रमण भएमा बालबालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जचाउनुपर्छ । सामान्य समस्या देखिँदैमा आत्तिनुपर्दैन ।

यी हुन् ११ रोगविरुद्धका निःशुल्क खोप
सरकारले क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, इन्फ्लुएन्जा बी, निमोनिया, पोलियो, दादुरा, रुबेला र जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार