Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिमलताल बस दुर्घटनाको एक...

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको...

मधेशमा किसान र सर्वसाधारणको...

जनकपुर,२८ असार । मधेश प्रदेशमा लगातारको खडेरीले कृषि र दैनिक जीवन दुवै प्रभावित...

बैतडीमा जिप दुर्घटना :...

बैतडी,२८ असार । पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा...

पर्सामा ९ लाखभन्दा बढीको...

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९...
spot_imgspot_imgspot_img
28.3 C
Kathmandu
36.4 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

विगत १६ वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ  — विगत १६ वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

- Advertisement -

सो कारखाना पुनः सञ्चालनका लागि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा कृषि अर्थ्विज्ञ, प्रमुख कृषि इन्जिनियरिङ, मेकानिकल इन्जिनियर र वरिष्ठ कृषि इन्जिनियर गरप् ५ सदस्यीय कार्यदल गठन अध्ययन टोलि गठन गरेको थियो । सो अध्ययन टोलिले कारखानाको प्रारम्भिक अध्ययन गरेर जेठ ९ गते मन्त्रालयलाई प्रारम्भिक अध्ययन रिर्पोट बुझाएको थियो ।

सो अध्ययन टोलीले उद्योगलाई पुनः सञ्चालनमा ल्याउँदा आयातित कृषि औजारहरूको प्रतिस्थापित हुने, स्वरोजगारी समस्या समाधान हुने, प्रविधिको विकास हुने निष्कर्ष निकाल्नुका साथै तत्काल कारखानालाई सञ्चालन ल्याउन त्यहाँका मेसिनरीहरूलाई मर्मत गर्नुपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ ।

- Advertisement -

अध्ययनले कारखाना सञ्चालन गर्न अन्तर्रा्ष्ट्रिय सहयोग सार्वजनिक निजी साझेदार र सरकारको विशेष सम्झौता गरी निजी क्षेत्रबाट सञ्चालन गर्न ढाँचा तयार गरी मन्त्रिपरिषद्को निर्णयमार्फत पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कारखानालाई सञ्चालनमा ल्याउन स्थानीयस्तरका कृषकको माग र प्राथमिकताको आधारमा कृषि यन्त्रहरूको उत्पादन गर्नुपर्ने र आम उपभोक्ताका लागि आवश्यक पर्ने आधारभूत दैनिक उपकरण (जस्तो गल, पानी तान्ने पम्प), नेपाल प्रहरी तथा नेपाली सेनालाई अति आवश्यकीय उपकरण आदिको समेत माग तथा बजार प्रक्षेपणको आधारमा उत्पादन गर्दै लैजान पर्ने अध्ययन निष्कर्षमा देखाएको छ ।

कारखानामा विभिन्न साधारण कृषि औजार हलो, फलामे दाँते, कल्टिभेटर, रिजर, प्याडल प्याडी थ्रेसर, कोदालो, कोदाली, हसिया, खुर्पी, कुटो, कर्नसेलर, टायर गाडाको धुरा चक्का सेट, टायर गाडा गोरुले तान्ने हेरो र सिडविन उत्पादन गर्दै आएको थियो ।

यस्तै, कृषि औजार पिक, साबेल, ह्विल ब्यारो, घन, छिनो, धुर्मुस, ढलको म्यानहोल कभर र विद्युतीकरण एक्सटेन्सन स्ट्रिप, डी आइरन, गार्वेज कन्टेनर, गार्वेज कन्टेनर युनिट, बोरिङका लागि स्लटेड र परफोरेटेड फिल्टर तथा पाइपलगायतका सामग्री उत्पादन गर्दै आएको थियो ।

नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा वीरगञ्ज कृषि औजार कारखाना २०२१ सालमा परियोजनाको रूपमा सुरु भई २०२५ साल चैत्र महिनामा कम्पनीका रूपमा सञ्चालन भएको थियो । कारखाना वीरगञ्ज महानगरपालिका मजडिहा पिपरा ८ र ९ मा ९.५ बिगाहा जग्गामा सञ्चालन भएको थियो ।
कृषि औजार कारखाना २०४८ सालमा निजीकरणपछि विभिन्न कारणले २०५९ सालदेखि पूर्ण रूपमा बन्द भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार