बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

निजगढको गौरीशङ्कर क्याम्पसमा स्ववियु...

बीरगन्ज, ७ चैत्र । बाराको निजगढ नगरपालिकास्थित गौरीशङ्कर क्याम्पसमा पहिलो पटक सम्पन्न स्वतन्त्र...

गेटा अस्पतालको नयाँ निर्देशकमा...

काठमाडौं, ७ चैत्र । गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त...

सर्लाहीमा एसईई परीक्षामा अनियमितता,...

जनकपुर, ७ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा...

लिपुलेक–कालापानी भ्रमण जाने अहिले...

काठमाडौं, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

राहुल गान्धीको राजीनामा अस्वीकृत

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ — लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ ।

शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राहुल गान्धीले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेका छन् । तर पार्टीका नेताहरुले उनको राजानीमा स्वीकृत गरेका छैनन् । गान्धीलाई पार्टीका वरिष्ठ नेताहरुले राजीनामा नदिन आग्रह गरेका छन् ।

बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कमल नाथ भने उपस्थित भएका छैनन् । मध्य प्रदेशमा कांग्रेसले नराम्रो पराजय भोगेको छ । पार्टीले यहाँ २९ मध्ये २८ मा हार व्यहोरेको छ । साथै पार्टीका वरिष्ठ नेता तथा मुख्यमन्त्री दिग्विजय सिंह तथा ज्योतिरादित्य सिंधियाजस्त हस्तीले समेत हार व्यहोर्नु परेको छ ।

बैठकमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह। महासचिव प्रियंका गान्धीसहितका वरिष्ठ नेताहरुको उपस्थिति थियो ।

लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट पनि जित्न सकेन । उ ५२ सिटमा समेटियो । कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपीलगायतका दलले ४० सिट जितेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार