Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

विप्लवले अपहरण गरे सैनिक जवान !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए ।

छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो । सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन् । अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

ताजा समाचार

थप समाचार