आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
27.4 C
Birgunj

नेपाललाई हिन्दूराष्ट्र बनाउनेबारे हाम्रो कुनै चासो छैन : पूर्व मन्त्री गड्करी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।

- Advertisement -

आइतबार विहान नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गड्करीले नेपालले कस्तो नीति लिने रु कुन धर्म अपनाउने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएकोले त्यसमा भारतले कुनै दख्खल नदिने जिकिर गरे ।

उनले भारत नेपालको विकास द्रुत गतिमा होस भन्ने पक्षमा रहेको र सोहीअनुसार साथ, सहयोग गर्दै आएको जनाए ।

- Advertisement -

नेपालको उर्जा क्षेत्रको विकासमा भारतले भरपुर सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । भारतमा नरेन्द्र मोदी पूनः दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेकाले आगामी दिनमा नेपाल भारत द्विपक्षीय सम्बन्ध अझ सुमधुर हुने पनि गड्करीले विश्वास दिलाए ।

नेपाल र भारतबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसले अझै नयाँ उचाई लिनेपनि उनको भनाई छ । नेपालको भौतिक पूर्वाधार तथा निर्माण विकासमा भारतको ठूलो सहयोग रहनेपनि उनले जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -