Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

मेयरसाबको ब्ल्याकलिष्टमा रेडियो वीरगञ्ज

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पछिल्लो समय वीरगञ्ज महानगरले घोषणा गरेका योजनाहरु एक पछि एक गर्दै विफल हुँदै गएका छन् । आवश्यक पुर्वाधारको अभाव तथा अदुरदर्शी निर्णयका कारण योजनाहरु अलपत्र परेको देखिएको छ ।

- Advertisement -

महानगरका कार्यहरुमा ढिलासुस्ती तथा अनियमितता पनि हाबी छ । त्यसैगरि महानगरका योजनाहरु कार्यान्वयनका लागी नागरिक सचेतनाको आवश्यक्ता छ । सचेत नागरिकले स्वस्थ समाज निर्माणमा अभुतपुर्व भुमिका निर्वाह गर्दछन् । यसका साथै महानगर र नगरवासीको समन्वयसँगै आवश्यक पुर्वाधारको विकास हुन अतिआवश्यक छ ।

महानगरका कार्यहरुमा ढिलासुस्ती तथा लापरवाही भयो भन्दै मेयरसाबलाई झक्झक्याउने काम आम नागरिकका तर्फबाट सञ्चारमाध्यमको हो । सञ्चारमाध्यमले यहि झक्झक्याउने कार्य गरिरहँदा महानगर प्रमुख सञ्चारमाध्यम प्रति खनिन्छन् ।

- Advertisement -

बेलाबेलामा महानगरको कार्यमा ढिलासुस्ती सम्बन्धी समाचार बजाउँदा रेडियो वीरगञ्ज आफ्नो ब्ल्याक लिष्टमा परेको मेयर विजय कुमार सरावगीको भनाई छ ।

गत जेष्ठ २ गते रेडियो वीरगञ्जको सन्धया ६ बजे को समाचारमा हर्न तथा प्लाष्टिक निषेधित सम्बन्धी रिर्पोटमा मेयरसाबले “रेडियो वीरगञ्जलाई हामीले ब्ल्याकलिष्ट गरिसकेका छौँ । आजकाल मिडियामा आक्रमण यहि कारणहरुले हुन्छ । मिडियामा हुने यस्ता क्रियाकलापले नै मिडियामाथि आक्रमण भईरहेको छ । हामीलाई त आक्रमण गर्नु छैन तर, बहिष्कार त गर्नसकिन्छ । ” भनेका छन् ।

महानगरका विभिन्न क्रियाकलाहरुमा भएको अनियमितताका बारे जनतालाई सुसुचित गरिरहँदा मेयरसाबले रेडियो वीरगञ्जले बिना सत्य तथ्य छानबिन गरि समाचार बजाउँदा रेडियोलाई ब्ल्याकलिष्ट गरेको बताए । रेडियो वीरगञ्जले पत्रकारीता आचारसंहिता विपरीत कार्यहरु गरेको उनको भनाई छ । रेडियो रिर्पोटमा पत्रकारिता आचारसंहित विरुद्ध काम गर्ने रेडियोमा किन दिने आफ्नो भ्वाईस भन्दै उनले उल्टै प्रश्न पनि गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार