29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

साउन महिन देखि गाडी यताआयातमा नयाँ नियम कानुन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १२ जेष्ठ — सरकारले साउन १ गते देखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण कम भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

- Advertisement -

वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने ।

- Advertisement -

तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ । व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन ।

वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि पहाडी क्षेत्रका यात्रुलाई समस्या हुन सक्ने भएकाले उपत्यकाभित्र आयात हुने गाडीलाई मात्र युरो ४ मापदण्ड लागू गरिने बताएका छन । तर, सरोकारवाला निकायले भने अलगअलग मापदण्डका आधारमा आयात गर्दा नियमन गर्न कठिन हुने बताएका छन् ।

व्यवसायीहरूले विकास निर्माणका सामग्री र कृषिसम्बन्धी औजार आयातमा युरो ४ लागू नगर्न चर्को दबाब दिइरहेको सहसचिव ढुंगानाले जानकारी दिए । ‘हामीलाई विकासविरोधी भन्ने आरोप लाग्न सक्छ, त्यसैले विकास निर्माण र कृषि औजारमा युरो ४ लागू गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘तर, सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा भने कडाइका साथ मापदण्ड लागू गर्छौँ ।’

वन तथा वातावरण मन्त्रालयले २२ जेठ स्वच्छ वातावरण महाभियान ०७५ सँगै युरो ४ स्ट्यान्डर्डमा जाने घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी ओलीले जाउलाखेलमा अभियानको उद्घाटन गरी यसको घोषणा गरेका थिए । त्यसपछि मन्त्रालयका सहसचिव दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

६ सदस्यीय कार्यदलमा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाल आयल निगम, कानुन मन्त्रालय, सोसाइटी अफ मेकानिकल इन्जिनियर नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधि छन् ।

विश्वका प्रायः मुलुकहरू युरो ४ र युरो ५ स्ट्यान्डर्डमा गइसकेका छन । नेपालमा भने धेरैजसो गाडी युरो ३ स्ट्यान्डर्डका छन । युरो ४ गाडीले कम प्रदूषण गर्छ ।

यसले तेल खपत पनि कम गर्छ । प्रदूषण कम गर्न सन् १९९२ देखि सवारीसाधनमा उत्सर्जन मापदण्ड लागू गरिएको थियो । कतिपय स्थानमा युरो ४ स्ट्यान्डर्ड लागू भइसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -