शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

जुसभन्दा फलफूल लाभदायक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

व्यस्त जीवनशैलीमा धेरैजसो मानिस फलफूल खाएर बस्नुभन्दा जुस निकालेर पिउँछन् । यसले समयको बचत हुन्छ । बिहानै जुस पिउँदा शरीरको विकार निस्कन्छ भन्ने धेरैको बुझाइ छ । फलफूल खाए त्यसमा भएको फ्रक्टोजका साथै फाइबरसमेत प्राप्त हुन्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय लाग्छ ।
जुस पिउँदा फाइबर छुट्टिन्छ र फ्रक्टोज तथा केही भिटामिन मात्र शरीरमा जान्छ । फलफूलको रस मात्र पिउँदा द्रुत रूपमा फ्रक्टोज रगतमा मिल्छ । यसले रगतमा चिनीको मात्रा एक्कासि बढाउँछ ।

- Advertisement -

केही वर्षअघि गरिएको एक अध्ययनमा फलको जुस पिउनुको सीधा असरका रूपमा टाइप टु डायबिटिज भएको पाइएको थियो । फलफूलको जुस धेरै पिउनु हानिकारक हुनुका साथै त्यसले मोटोपनको समस्यासमेत सिर्जना गर्ने बताइन्छ ।

धेरैले शरीरमा भएको विकार बाहिर निकाल्छ भनेर जुस पिउँछन् । यद्यपि जुसबाट भन्दा पनि फलफूलबाट त्यस्तो विकार बाहिर निस्कन्छ । फलफूल खाँदा पेट अघाएको महसुस हुने भएकाले कार्बोहाइड्रेडको मात्रा कम गर्नसमेत सहयोग पुग्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -