spot_img

इरान युद्धका कारण साउदी अरबमा मदिराको कमी

spot_img
spot_img

काठमाडाै,१९ वैशाख । इरानसँगको तनाव र जारी युद्धका कारण साउदी अरबमा मदिरा आपूर्ति प्रभावित भएको छ, जसले त्यहाँको सीमित बजारमा समेत अभाव देखिन थालेको छ।

रोयटर्सका अनुसार, मदिरा उपभोग गर्ने केही उपभोक्ताहरूले आपूर्तिमा ढिलाइ हुनुका साथै बजारमा उपलब्ध ब्रान्डको विकल्प घट्दै गएको बताएका छन्। बीबीसीका अनुसार रियादस्थित कूटनीतिक आवास क्षेत्रभित्र रहेको साउदी अरबको एकमात्र सरकारी मदिरा पसलमा अहिले सीमित मात्रामा मात्र सामान उपलब्ध छ।

उक्त पसलमा पछिल्ला दिनमा महँगो मूल्य र कम गुणस्तरका ब्रान्ड मात्रै पाइने गरेको ग्राहकहरूको भनाइ छ। पसलमा कुनै स्पष्ट बोर्ड वा नामसमेत नराखिएको बताइएको छ।

सन् २०२४ मा गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई लक्षित गर्दै सञ्चालनमा आएको उक्त पसलले पछि केही विदेशी गैर–मुस्लिम नागरिकलाई पनि सेवा दिन थालेको थियो।

साउदी अरबमा सन् १९५२ देखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ। तर विदेशी कूटनीतिज्ञ तथा सीमित गैर–मुस्लिमका लागि विशेष अनुमति प्रणालीमार्फत नियन्त्रणमा बिक्री हुँदै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय