विपन्न तथा गरिब मुस्लिम परिवारलाई रमजानको अवसर पारेर खाद्य सामाग्री वितरण

spot_img

हेस्रा नेपालले वीरगञ्जस्थित गण्डक क्षेत्रमा रहेका विपन्न तथा गरिब मुस्लिम परिवारलाई रमजानको अवसर पारेर खाद्य सामाग्री वितरण गरेको छ ।

क्यानाडाको आईसिएनए रिलिफको समन्वयमा विभिन्न खाद्य सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

गण्डक क्षेत्रमा बसोबास गरिरहेका करिब १०० दलित तथा अति विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।

प्रति परिवार २५ किलो चामल, चिनी, नुन लगायतका समाग्री वितरण गरिएको हेस्रा नेपालका साकिब अंसारीले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय