गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोका सामानमाथि कर लगाउने अमेरिकाको घोषणा

spot_img

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन्।

एउटा ट्विटमा ट्रम्पले जुन १० तारिखदेखि मेक्सिकोबाट अमेरिका आउने सामानहरूमा पाँच प्रतिशत कर लगाउने र त्यो ‘गैरकानुनी आप्रवासनको समस्या निराकरण नभएसम्म’ बिस्तारै बढ्दै जाने बताएका छन्।

ट्रम्पले दक्षिणी सीमामा सङ्कट उत्पन्न भएको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन्।

सीमा अधिकारीहरूले सो कदमको स्वागत गरे पनि आलोचकहरू सीमामा आप्रवासीहरूलाई दुर्व्यवहार भएको बताउँछन्।

उत्तर अमेरिकामा मेक्सिकोका प्रमुख कूटनीतिज्ञ जेसस सियाडले करलाई ‘विनाशकारी’ भनेका छन्।

“यदि यो कर लगाइयो भने हामीले कडा प्रतिकदम चाल्नैपर्छ,” उनले भने।

Presentational white space

आफ्नो निर्वाचन अभियान र राष्ट्रपतिको कार्यकालमा ट्रम्पले अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाउन आर्थिक स्रोत खोजिरहेका छन्।

उनले गत फेब्रुअरीमा पर्खालका लागि सङ्घीय कोषको रकम खर्चने प्रयासमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेका थिए, तर मेमा एक न्यायाधीशले सो प्रयासलाई रोकिदिएका छन्।

ह्वाइट हाउसले बिहीवार राष्ट्रपतिले इन्टरन्याश्नल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट नामक कानुन प्रयोग गरेर मेक्सिकोको सामानमा कर लगाउने बताएको छ।

यो घोषणा ह्वाइट हाउसले कङ्ग्रेसलाई मेक्सिको र क्यानडासँग नयाँ व्यापार सम्झौता गर्न प्रयास गर्ने बताएकै दिन आएको हो।

ट्रम्पको नयाँ घोषणा

ह्वाइट हाउसको विज्ञप्तिमा ट्रम्पले अक्टोबर १ तारिखसम्म प्रत्येक महिना कर पाँच प्रतिशतले बढेर २५ प्रतिशत पुग्ने बताएका छन्।

त्यसपछि ‘मेक्सिकोले आफ्नो भूमिबाट अमेरिका आउने गैरकानुननी आप्रवासीहरूलाई नरोकेसम्म कायम रहने’ छ।

“वर्षौँसम्म मेक्सिकोले हामीलाई सम्मानजनक व्यवहार गरेको छैन, तर अब हामी सार्वभौमिक देशको हैसियतमा हाम्रो अधिकार खोज्दैछौँ,” विज्ञप्तिमा भनिएको छ।

नयाँ करको असर

मेक्सिको कृषि उत्पादनका लागि प्रसिद्ध छ, तर त्यहाँ अमेरिकी कम्पनीका उत्पादन कारखानाहरू छन्।

मेक्सिकोमा मासिक लाखौँ गाडी बनाइन्छ र यो प्रविधि र वायुसेवा कम्पनीहरूको केन्द्र पनि हो।

अमेरिकी फोर्ड, जनरल मोटर्स, आइबीएम र कोकाकोला सबै मेक्सिकोमा पनि आधारित छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय