Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

नाइट ड्युटीबाट घर फर्किदा श्रीमती प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछि…

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारत । भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको हत्या गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको चक्कु घोपेर हत्या गरिएको स्रोतले बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँच्न सफल भइन् ।

घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।

शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । खबर अनुसार ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।

गीताको भनाई उद्धृत गर्दै पुलिसले भनेको छ, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’

‘तर कुरा नमिलेपछि उनले एकाएक चक्कु ल्याए र राकेशमाथि हमला गरे । उनले राकेशमाथि तीन–चार पटक हमला गरे ।’

पुलिस अधिकारी इन्द्रमणी पटेलले दिएको जानकारी अनुसार शेखर आफू श्रीमतीमाथि चक्कु हमला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका कारण उनको ज्यान बच्यो ।

शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिए ।

ताजा समाचार

थप समाचार