मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

राष्ट्रपति फर्किँदा पनि खाली गराइयाे आकाश , हिमालयन एयरलाइन्स र एयर चाइनाको विमान फर्काइयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ ।

- Advertisement -

चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउनुभएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छन् ।

- Advertisement -

राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।

मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ । राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । यसको तीव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -