जापानका नयाँ राजाका प्राथमिकता विश्व शान्ति र खुशी

spot_img

जापानमा अधिकारबिहीन संवैधानिक राजसंस्था रहेपनि जापानी जनताले राष्ट्रिय विभूतिका रुपमा सम्मान गर्ने गरेका छन् ।

वैशाख १८ जापानका नयाँ सम्राट नारुहितोले विश्व शान्ति र खुशीका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पद तथा गोपनियताको सपथग्रहणसँगै सिंहासन सम्हालेका नारुहितोले जापानी जनता र विश्वमा शान्ति र खुशीयाली चाहेको बताउनुभएको हो ।

राजमहलमा पद तथा गोपनियताको सपथग्रहण पछि जापानका जनतालाई पहिलो पटक सम्बोधन गर्दै सम्राट नारुहितोले यस्तो बताउनुभएको हो । बुबाले ३० वर्षदेखि जापानी जनताका लागि गरेको कामको प्रशंसा गर्दै भावुक बनेका नारुहितोले आफूपनि उहाँ जस्तै राष्ट्रसेवक बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय