मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

नेकपाका नेता चढेको कार ट्रकसँग ठक्कर दिंदा चार जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १८ बैशाख — सडक दुर्घटनामा परि नेकपा दाङका चार जना नेता घाइते भएका छन् । घाइते हुनेहरूमा शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका प्रहरीले जनाएको छ ।

- Advertisement -

बुधबार प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेका हुन् । मुख्यमन्त्रीको गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए ।

उनीहरु सवार गाडी बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आएको गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ देउराली मन्दिर नजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट पटक लागेको प्रहरीले जनाएको छ । बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगेर उपचार गरिरहेएको छ।

- Advertisement -

शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ। तर, घाइते सबै खतरामुक्त रहेको उपचारमा सङ्लग्न चिकित्सकहरुले जनाएका छन् ।

यसअघि दाङमा सडक दुर्घटनामा परि नेकपाका प्रदेशसभा सदस्य उत्तमकुमार वलीको निधन भएको थियो । दाङमा पछिल्लो समय सडक दुर्घटना बढेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -