Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

नेकपाका नेता चढेको कार ट्रकसँग ठक्कर दिंदा चार जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १८ बैशाख — सडक दुर्घटनामा परि नेकपा दाङका चार जना नेता घाइते भएका छन् । घाइते हुनेहरूमा शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका प्रहरीले जनाएको छ ।

बुधबार प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेका हुन् । मुख्यमन्त्रीको गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए ।

उनीहरु सवार गाडी बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आएको गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ देउराली मन्दिर नजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट पटक लागेको प्रहरीले जनाएको छ । बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगेर उपचार गरिरहेएको छ।

शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ। तर, घाइते सबै खतरामुक्त रहेको उपचारमा सङ्लग्न चिकित्सकहरुले जनाएका छन् ।

यसअघि दाङमा सडक दुर्घटनामा परि नेकपाका प्रदेशसभा सदस्य उत्तमकुमार वलीको निधन भएको थियो । दाङमा पछिल्लो समय सडक दुर्घटना बढेका छन् ।

ताजा समाचार

थप समाचार