Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

कुन देशमा कुन आइफोन लोकप्रिय ? यी हुन् सबैभन्दा लोकप्रिय आइफोन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विश्वमा सबैभन्दा लोकप्रिय आइफोनहरु कुन कुन हुन् ? आइफोनको लोकप्रियताको दर देशगत रुपमा फरक हुन सक्छ । हालै विश्वका विभिन्न देशमा कुन मोडेलको आइफोन सबैभन्दा लोकप्रिय रहेको छ भन्ने सूचि सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न ३६ वटा देशमा सन् २०१८ को चौथो त्रैमासिकको बिक्रिका आधारमा सबैभन्दा धेरै लोकप्रिय रहेका आइफोनका मोडेलहरु यी हुन् ।

१. भारतमा सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा आइफोन सिक्स रहेको छ । दोश्रो स्थानमा आइफोन सेभेन छ भने टप टेनमा रहेका अन्य आइफोनमा आइफोन सिक्स एस, आइफोन एक्स, आइफोन सेभेन प्लस, आइफोन फाइभ एस, आइफोन एट, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

२. अमेरिकामा चाही आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोनको मोडेल बनेको छ । अमेरिकामा लोकप्रिय टपटेन अन्य आइफोन मोडेलमा आइफोन एट प्लस, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

३. बेलायतमा पनि आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा रहेको छ । अन्य लोकप्रिय मोडेलमा आइफोन सिक्स एस, आइफोन एसइ, आइफोन सिक्स, आइफोन एट, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट प्ल्स, आइफोन फाइभ एस र आइफोन सिक्स प्लस रहेका छन् ।

४. अष्ट्रेलियामा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहेको छ । त्यस्तै टपटेन लोकप्रिय मोडेलमा आइफोन सेभेन प्लस, आइफोन एट, आइफोन एक्स, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एट प्लस, आइफोन एसइ, आइफोन सिक्स प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

५. रुसमा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय रहेको छ । रुसमा आइफोन सिक्स दोश्रो स्थानमा छ ।

टपटेनमा परेका अन्य मोडेलमा सिक्स एस, फाइभ एस, एसइ, एक्स, सेभेन प्लस, एट, एट प्लस र फाइभ रहेका छन् । यस बाहेक नेदरल्याण्डमा, अर्जे्न्टिना, पोल्याण्ड, रोमानिया, इजिप्ट, फिनल्याण्ड, सिंगापुर, फ्रान्स, दक्षिण अफ्रिका, जर्मनी, कोलम्बिया, स्पेन, नर्वे, ब्राजिल, स्विडेन, टर्की, इटाली, युक्रेन, जापान, आयरल्याण्ड, र पोर्चुगलमा आइफोन सेभेन लोकप्रिय छ ।

नाइजेरिया, फिलिपिन्स, डेनमार्क, इण्डोनेसिया र मेक्सिकोमा आइफोन सिक्स लोकप्रिय रहेको छ ।

सामसुङ स्मार्टफोन निर्माता मुलुक दक्षिण कोरियामा चाहीँ आइफोन सेभेन प्लस सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहेको छ । त्यस्तै थाइल्याण्ड र मलेसियामा पनि आइफोन सेभेन प्लस सबैभन्दा धेरै लोकप्रिय रहेको छ ।

ईजरायलमा चांही आइफोन एउटा सबैभन्दा धेरै लोकप्रिय रहेको छ । त्यँहा आइफोन सेभेन लोकप्रियताको दोश्रो नम्बरमा परेको छ ।

ताजा समाचार

थप समाचार