spot_img

यि हुन् रज्यलाई कर नतिर्ने ठेकेदाहरु, पूर्व मन्त्रीदेखि सांसदसम्म (सूचिसहित)

spot_img
spot_img

काठमाडौं । तोकेको समयमा काम नगर्ने र गरेको ठाउँमा पनि कमसल सामाग्रीको प्रयोग गर्ने गरेको भन्दै ठेकेदारहरुको चर्काे आलोचना हुने गरेको छ । सरकारबाट मोबिलाइजेसन शुल्क लिने तर काम नगर्ने धेरै ठेकदार कम्पनीको बानी नै भइसकेको छ । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् । यस कार्यमा पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनी पनि कर नतिर्नेहरुको सुचीमा छन् ।

कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गरे पनि उनीहरुले सुने पनि नसुने झैँ गरिरहेका छन् । अधिकांश ठेकेदारहरु कुनै न कुनै राजनीतिक दलमा प्रत्यक्ष वा परोक्ष रुपमा आवद्ध रहेका छन् । त्यसकारण पनि उनीहरुले राजश्व विभागको ताकेतालाई टेरेका छैनन् ।

आन्तरिक राजश्व कार्यालय बानेश्वरले मंगलबार २५ बढी कन्सट्रक्सन कम्पनीलाई कर बक्यौता तिर्न आउन पत्राचार गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
विभागले प्रकाशित गरेको सूचनामा  समयमा कर नतिर्नेको सूचीमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनदेखि निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनसम्म छ ।

पाण्डेले कालिकारकान्छाराम जेभी अन्तरगतको कर तिर्न अटेरी गरेका छन् । त्यसैगरी कान्छाराममा कन्सट्रक्सनका मालिक तथा रामेछापका कांग्रेस नेता पूर्णबहादुर तामाङलाई पनि विभागले कर तिर्न बोलाएको छ ।

कांग्रेस नेता समेत रहेका स्वच्छन्द निर्माण सेवाका मालिक जयराम लामिछाने पनि कर नतिर्नेको सुचीमा छन् । उनले स्वच्छन्दरशंखरमालीरखानी जेभीको कर तिरेका छैनन् । यस्तै शक्तिशाली मानिने ठेकेदार रमेश शर्माको शर्मा र डाँफे र कान्छारामलाई पनि विभागले कर तिर्न बोलाएको छ ।

कर नतिर्ने अन्य ठेकेदारहरु
पुच नरसिंह अमात्य
सुनिल कार्की
सुवित श्रेष्ठ
केशरबहादुर खड्का
टंकप्रसाद चौलागाई
निमा लामा शेर्पा
तेण्डी शेर्पा
इन्द्रबहादुर लामा
शुम्भुप्रसाद घिमिरे

सम्पर्कमा नआएका ठेकेदारहरु

नरेन्द्रकुमार श्रेष्ठ
बालकृष्ण थापा
रामसरोज यादव
हेमराज गाभाजु
टंकनाथ गजुरेल
ज्ञानबहादुर लामा
पेम्बा लामा
रत्न प्रसाद गौम
निदेश श्रेष्ठ
निरज बुढाथोकी
गौरीप्रसाद उप्रेति
धनबहादुर भोम्जन
विरेन्द्र प्रधान
धर्मराज भण्डारी
अच्युत खरेल

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय