Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

एन्फा एकेडेमीका लागि ८१ जना खेलाडीहरु छनोट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १८ वैशाख — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।

एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ । छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यस्तै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् । (रासस)

ताजा समाचार

थप समाचार